राजनीति रहस्यमय बाटोमा धकेलियो : रामचन्द्र पौडेल – Nepal Press

राजनीति रहस्यमय बाटोमा धकेलियो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संसय उब्जाएको उनले बताए ।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले मुलुकको राजनीति रहश्यमय बाटो अघि बढेको र सयौ संसयहरु उब्जाएको बताएका हुन् । उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी गरे ।

उनले भने,‘झन रहस्यमय बाटो तिर जादै छ । धेरै संसयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरु हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ । त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर