ओलीको पुरानै टिम : जनजाति र मधेशीको सहभागिता ५१ प्रतिशत (फोटो/भिडियो) – Nepal Press

ओलीको पुरानै टिम : जनजाति र मधेशीको सहभागिता ५१ प्रतिशत (फोटो/भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले के गर्छन् भन्ने अनुमान लगाउन बाहेक कसैले भेउ पाउँदैन । शुक्रबार मध्यान्हसम्म नयाँ मन्त्री को-को बन्छन् भनेर बालुवाटारमा तारन्तार फोन गइरहे ।

एमालेका नेता कार्यकर्ता पनि मन्त्री को बन्दैछन् भनेर अनुमान लगाउँदै थिए भने माधव नेपाल समूहमा पनि सुरेन्द्र पाण्डे लगायतका नेता मन्त्री बन्न लागेको चर्चा चल्यो । स्वयं निवर्तमान भएका मन्त्रीहरु पनि १२ बजेसम्म आफू दोहोरिने वा नदोहोरिने अन्योलमै थिए ।

अन्तिममा प्रधानमन्त्रीले केही निकट नेताहरुसँग आफूले तत्काललाई साविककै मन्त्रिपरिषद् निरन्तर गर्ने सुनाए । जसपा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना सुनाएपछि सबै निवर्तमान मन्त्रीहरुलाई सपथका लागि शीतल निवास बोलाइएको थियो ।

सांसद पदमा नरहेका माओवादीबाट एमालेमा आएका मन्त्रीहरुले पनि सपथग्रहण गरे । संविधान अनुसार जेठ १० गते खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा लामा स्वतः पदमुक्त हुँदै थिए । तर, ओली पुनः प्रधानमन्त्री नियुक्त भएर नयाँ सरकार बनेसँगै उनीहरुलाई फाइदा भएको छ ।

ओलीको मन्त्रिपरिषद्का सबै सदस्यले पूर्ववत जिम्मेवारी पाएका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा ९ जना जनजाति, ४ जना मधेशी र ४ जना महिलाले स्थान पाएका छन् ।

हेर्नुहोस् नवनियुक्त मन्त्रीहरूको  नामावली:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर