अक्सिजन उद्योगमा प्रधानमन्त्री कार्यालय र प्राधिकरण टोलीको अनुगमन – Nepal Press

अक्सिजन उद्योगमा प्रधानमन्त्री कार्यालय र प्राधिकरण टोलीको अनुगमन

काठमाडौं । शुक्रबार प्रधानमन्त्री कार्यालय र नेपाल विद्युत प्राधिकरणका टोलीले काठमाडौं उपत्यकाका ३ वटा अक्सिजन प्लान्टमा निरीक्षण गरेका छन् ।

अक्सिजन उद्योगीले नियमित विद्युत आपूर्ति नभएको गुनासो गरेपछि उक्त टोलीले अक्सिजनको उत्पादनको अवस्थाबारे निरीक्षण गरेका हुन् ।

सगरमाथा , सोपान र कान्तिपुर अक्सिजन प्लान्टमा गई अक्सिजन उत्पादनको बारेमा जारी लिएको प्रधानमन्त्रीका विकास वित्त व्यवस्थापन सल्लाहकार इन्जिनियर गजेन्द्र थपलियाले बताए । ३ वटै उद्योगहरुले २४ घण्टा नै अक्सिजन उत्पादन गरिरहेको र सामान्य व्यस्थापकीय समस्या बाहेक उद्योग सञ्चालनमा कुनै पनि अवरोध नरहेको उनले बताए ।

थपलियाले बिद्युत नियमित आपुर्ती नहुने समस्या समेत हटाइ सकेको बताए । ‘विद्युत नियमित आपूर्ति भएन भन्ने समस्या हटाइएको छ । अहिले अक्सिजन प्लान्टहरुले २४ घण्टै अक्सिजन उत्पादन गरिरहेका छन्’उनले भने,‘सामान्य व्यवस्थापकिय र केही अन्य समस्याहरु रहेकाले त्यसको समाधानका लागि सरकारले पहल गर्ने बताएका छौं।’

अवलोकनका क्रममा ३ वटै उद्योगले दैनिक ८०० देखी ९०० सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको उनले बताए । अक्सिजन सिलिण्डर अभावको समस्या हटाउनका लागि सरकारले आवश्यक निर्णय गर्ने तयारी समेत भएको भइरहेको छ ।

अक्सिजन प्लान्ट अनुगमनमा प्रधानमन्त्री कार्यालयका तर्फबाट थपलिया सहित प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर