सपथग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख उपस्थित, पूर्वप्रधानमन्त्रीहरू गएनन् – Nepal Press

सपथग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख उपस्थित, पूर्वप्रधानमन्त्रीहरू गएनन्

काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा ओलीसँगै उनी नेतृत्वको नवगठित मन्त्रिमण्डलका सदस्यले सपथ लिए ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा पनि सहभागी भए । यसअघि केही मन्त्री र संवैधानिक निकाय पदाधिकारीले सपथ लिने कार्यक्रममा उनीहरू अनुपस्थित भएका थिए ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर नियुक्ति गरेको भन्दै उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति जनाउँदै सपथग्रहण समारोहमा अनुपस्थित हुने गरेका थिए।

सपथ ग्रहण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीमात्रै सहभागी भए । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द देखिएनन् ।

दलका दर्फबाट जनता समाजावदी पार्टीका अध्यक्ष महन्थ ठाकुर उपस्थित भए । एमालेकै नेपाल पक्ष पनि सपथ ग्रहण समारोहमा उपस्थित भएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर