महन्थ र माधवले ओलीलाई सघाएको तीन दलको निष्कर्ष – Nepal Press

महन्थ र माधवले ओलीलाई सघाएको तीन दलको निष्कर्ष

काठमाडौं । वैकल्पिक सरकार निर्माणमा भएका असफलताबारे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले समीक्षा गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितले राजनीतिक समीक्षा गरेका हुन् ।

सो क्रममा वैकल्पिक सरकार निर्माणमा भएका प्रयत्न र कमजोरीबारे चर्चा भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री केपी ओलीको निरन्तरताको कारक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

‘महन्थ र माधवजीको भूमिकाले ओलीलाई मद्दत पुगेको निष्कर्ष रह्यो । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा पनि सामान्य छलफल भयो’, बैठकमा सहभागी कांग्रेस नेताले भने । ती नेताका अनुसार ३ दलबीचको राजनीतिक संवाद र सहकार्य निरन्तर राख्न शीर्ष नेताहरू सकारात्मक छन् । ‘गठबन्धन नै त नभनौं फेरि पनि राजनीतिक सहकार्य हुनसक्ने विषयमा खुल्ला छलफल भएको छ’, ती नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर