एक सातामा उद्धार र कार्गोका २३ अन्तर्राष्ट्रिय उडान – Nepal Press

एक सातामा उद्धार र कार्गोका २३ अन्तर्राष्ट्रिय उडान

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाबीच कार्गो र उद्धार उडान जारी छ । एक सातामा २३ अन्तर्राष्ट्रिय उडान भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

वैशाख २३ मध्यरातबाट बन्द भएको अन्तर्राष्ट्रिय उडानमा वैशाख २४ गते कुनै उडान भएन । २५ गते एयर चाइना र कम्बोडियाको एयर लान्मेईले कार्गोका लागि उडान भरेका थिए ।

वैशाख २६ मा नेपाल एयरलाइन्सलगायतले २ उडान भरे । २७ गते हिमालय एयरलाइन्सको दुई र नेपाल एयरलाइन्सको एउटा मात्र उडान भयो ।

वैशाख २८ गते भने तीन वटा कम्पनीका ६ वटा एयरलाइन्सले प्राधिकरणबाट अन्तराष्ट्रिय उडानका लागि अनुमति लिएका छन् । हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, टेरोल एयर (अष्ट्रीया) कतार एक्ज्यूकेटिभ, कतारका लागि उडान भएको छ । जसमा हिमालय एयरलाइन्सका तीन उडान भएका छन् भने अन्य एयरलाइन्सका एक/एक वटा उडान भए । हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका जहाजले कार्गोका लागि उडान भरेका छन् । यसैगरी, कतार एक्ज्यूकेटिभले भने चार्टर्ड उडान भरेको छ भने अष्ट्रीया उडान भने एम्बुलेन्सका रूपमा उडेको छ ।

वैशाख २९ गते भने हिमालय एयरलाइन्स, सिचुआचन एयरलाइन्स (चीन) एयर चाइनाले नेपालबाट ४ वटा उडान भरेका छन । सबैले कार्गोका लागि प्राधिकरणबाट उडान अनुमति लिएका हुन् । वैशाख ३० गते पनि हिमालय एयरलाइन्सका दुई वटा उडान र एयर अरबीयाको एउटा उडान भएको छ । आजका लागि पनि हिमालयको दुई उडान र कार्गोको लागि श्री एयरलाइन्सको उडान अनुमति लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर