निल गाई मारेको अभियोगमा बन्दुक सहित पक्राउ – Nepal Press

निल गाई मारेको अभियोगमा बन्दुक सहित पक्राउ

सर्लाही ।  जिल्लाको ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित जंगलबाट निलगाई मारेको अभियोगमा ३ थान भरुवा बन्दुक सहित  एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय रण बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोलेको साथबाट ३ थान भरुवा बन्दुक र १ बट्टा बन्दुकमा प्रयोग हुने बारुद बरामद गरेको छ ।

सागरनाथ जंगलभित्र गोले सहित ५ जना व्यक्तिहरु सिकार गरिरहेको अवस्थामा प्रहरी चौकी फुलजोरबाट खटिएको गस्ती टोलीले गोलेलाई प्रकाउ गरेको जनाएको छ ।

गस्ती देख्ना साथ भरुवा बन्दुकबाट शिकारीहरुले फायरिङ् गरेको र प्रहरीले समेत जवाफी हवाई फायर गरी उनीहरुमध्ये रणबहादुरलाई मरेको निल गाई, बन्दुक र दुई थान मोटरसाइकल बरामद गरेको छ ।

मृत निलगाईलाई सागरनाथ वन परियोजना कार्यालयलाई बुझाइएको छ । भने हातहतियार र प्रदेश नम्बर -२-०२-०३२ प २५२२ र बीआर ३० यू ४६७७ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । फरार रहेका अन्य ४ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी बर्दिवास नगरपालिका-५ जंगलस्थित भित्री सडकबाट १ थान भरुवा बन्दुक र बन्दुकको खजना बरामद भएको छ ।

अस्थाई प्रहरी पोष्ट माईस्थानबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथ प्र.२-०२-००२ प ५३५७ नम्बरको स्कुटरका चालकले स्कुटर सहित झोला फाली फरार भएपछि स्कुटर र झोला जाँच गर्दा उक्त हतियार फेला पारी बरामद गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर