रोल्पा त्रिवेणीका अग्निपीडितलाई २५ लाख बढीको राहत सहयोग – Nepal Press

रोल्पा त्रिवेणीका अग्निपीडितलाई २५ लाख बढीको राहत सहयोग

रोल्पा । त्रिवेणी गाउँपालिकाका अग्निपीडितहरुलाई २५ लाख भन्दा बढीको सहयोग उपलब्ध गराइएको छ। बिहीबार एक कार्यक्रममा आयोजना गरेर वडा नं २, ३ र ६ का ३६ घरधुरीलाई ५ लाख ४० हजार ४ सय ४८ रुपैयाँ प्रदान गरिएको हो।

अग्निपीडितलाई बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा, लत्ताकपडा, भाडाकुडा, कपडा, बिद्यार्थीहरुलाई कापी, कलम सहितको सामग्री र नगत उपलब्ध गराइएको हो ।

विभिन्न संघसंस्थाको सहयोगमा ती सामग्री र रकम जुटाइएको हो। सहयोग उपलब्ध गराउनेहरुलाई गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष साबित्रा बुढा लगायतले धन्यवाद दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर