मेरो उम्मेदवारी कायम छ : खिमलाल देवकोटा – Nepal Press

मेरो उम्मेदवारी कायम छ : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभाको वागमतीतर्फको प्रदेशतर्फको रिक्त सदस्यका लागि विपक्षी गठबन्धनबाट उम्मेवारी दिएका डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीबारे पुनर्विचार हुन नसक्ने स्पष्ट पारेका छन् ।

नेकपा एमालेको विवाद समाधानउन्मुख भएपछि राष्ट्रियसभामा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले के गर्लान् ? भन्ने चासो बढेका बेला देवकोटाले आफ्नो उम्मेदवारी कायम रहेको भन्दै मत मागेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो उम्मेदवारीबारे जिज्ञासा राखिनु स्वभाविक भएपनि आफू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलहरूको समर्थनमा उम्मेदवार बनेकोले त्यसबारे पुनर्विचार गर्ने कुरा कल्पनाबाहिरको रहेको बताएका हुन् ।

‘राजनीतिक दलहरुले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु बिना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी यही विचारबाट अभिप्रेरिता छ’, देवकोटाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफ्नो चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया

One thought on “मेरो उम्मेदवारी कायम छ : खिमलाल देवकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर