अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने – Nepal Press

अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । बिहिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएसमी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेललाई नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले यस्तो जानकारी गराएका हुन् ।

कोभिड–१९ को दोस्रो लहरको संक्रमणका सन्दर्भमा यसको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप प्रभावकारी बनाउने विषयमा उपप्रधानमन्त्री पोखरेलले कोरोना बिरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कुटनैतिक पहलमा तिव्रता दिने क्रममा बिहिबार टेलिफोन सम्वाद भएको हो ।

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत बेरीबीच टेलिफोन सम्बादमा राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीको सहयोग गर्ने जानकारी दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर