वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोनाबाट मृत्यु – Nepal Press

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको अहिले भर्खरै साँझ ५ बजेर ५० मिनेट जाँदा मृत्यु भएको संघका महासचिव सुजित श्रेष्ठले नेपाल प्रेसलाई जानकारी गराएका हुन् ।

अध्यक्ष गैरेलाई ९ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नेपाल संघको अध्यक्षमा गैरे डेढ वर्ष अघि निर्वाचित भएका थिए । संघका अध्यक्ष गैरे केही समय अघि मात्रै नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *