कोरोनाभाइरस नेपाल : २१४ मृतक थपिए, ८९६० जना संक्रमित – Nepal Press

कोरोनाभाइरस नेपाल : २१४ मृतक थपिए, ८९६० जना संक्रमित

५,०५५ जना निको भए

काठमाडौं । विहिबार नेपालमा कोरोनाभाइरसका ८,९६० जना संक्रमित थपिएका छन् । १९ हजार ४७४ पीसीआर र ७७१ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ मृतक थपिएका छन् ।

कूल संक्रमित संख्या ४ लाख ३१ हजार पुगेको छ । कूल मृत्यु संख्या ४ हजार ४६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५०५५ जना निको भएका छन् । निको हुने प्रतिशत ७४.५७ प्रतिशत छ । संक्रमण दर १५.९ प्रतिशत पुगेको छ ।

सक्रिय संक्रमित संख्या १ लाख ५२ हजार पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर