ओली-नेपाल वार्ताकै बीच झाँक्रीको टिप्पणी- लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न – Nepal Press

ओली-नेपाल वार्ताकै बीच झाँक्रीको टिप्पणी- लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना कुनै अलमलमा पर्न नहुने बताएकी छिन् ।

बूढानीलकण्ठमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता चलिरहेकै बेला उनको यस्तो टिप्पणी आएको हो ।

‘ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारा यो सबै हुँदैछ ।’

आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने भन्दै उनले लेखेकी छिन्, ‘जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौँ ।’


प्रतिक्रिया

One thought on “ओली-नेपाल वार्ताकै बीच झाँक्रीको टिप्पणी- लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न

  1. माओबादी र कांग्रेसको भरिया भयर राजनीति खोलामा तिलान्जली दियर अगाडि बढनीकी एमाले भयर अगाडि बढनी आफ्नै बिचार साथीहरुमा आएको छ शही निर्णय लिनु होला शुभकामना ..

Leave a Reply to Ram chandra Acharya Cancel reply

Your email address will not be published. Required fields are marked *