सरकार गठनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक जारी – Nepal Press

सरकार गठनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरू भएको छ । देउवा निवास बूढानीलकण्ठमा बैठक बसेको हो ।

बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा घर्किँदै जाँदा दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ ।

पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड, अबको रणनीतिलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

यसअघि जसपा नेता महन्थ ठाकुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै वार्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर