राष्ट्र बैंकले हटायो अक्सिजन सिलिण्डर आयातमा डलर सटहीको सीमा – Nepal Press

राष्ट्र बैंकले हटायो अक्सिजन सिलिण्डर आयातमा डलर सटहीको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कोभिड १९ को स्वास्थ्य सामाग्री र उपकरण आयातमा डलर सटहीको सीमा बढाएको छ भने अक्सिजन आयातका लागि उक्त सीमा हटाएको छ ।

प्रतीतपत्र बिना ड्राफ्ट र टिटि को माध्यमबाट हुने वस्तुका लागि सटही सुविधा एक पटकमा बढीमा ३४ हजार डलर रहने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

२५ हजार डलर भन्दा बढी विदेशी मुद्रा सटही गर्दा सम्वन्धित सेवाग्राहीको ‘विजनेशन क्रेडीवीलीटी इन्फरमेशन’ लिने व्यवस्था गरेको छ ।

स्वास्थ्य सामाग्रीको आयातमा १ लाख डलर सटही सुविधा पाउने

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको सिफारिसमा कोभिड- १९ सँग सम्वन्धित औषधीजन्य समाग्री तथा स्वास्थ्य उपकरणको आयातमा एउटै बिजकबाट १ लाख डलरसम्मको रकम ड्राफ्ट र टिटि को माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।

साथै १ लाख डलर भन्दा माथीको भुक्तानीका लागि भने स्वास्थ्य सेवा बिभागको सिफारिस सहित राष्ट्र बैंकमा स्वकृतिका लागि आवेदन पेस गर्नुपर्ने छ ।

अक्सिजन सिलिण्डर आयातमा डलर सटहीको सीमा नरहने

नेपाल राष्ट्र बैंकले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङ्क , अक्सिजन उत्पादन प्लान्ट , अक्सिजन डेलिभरी एसोसेरिज र अन्य अक्सिजन सम्वन्धी तथा भेन्टिलेटरको आयातका लागि डलर सटहीको कुनै पनि सीमा नलाग्ने बताएको छ ।

यस्ता सामाग्री आयातको हकमा उल्लेखि ड्राफ्ट तथा टिटी को रकमसम्वन्धी सीमा बिजनेश क्रेडीवीलीटी इन्फरमेशन र स्वास्थ्य सेवा बिभागको सिफारिसमा चालू आर्थिक वर्षको असार मसान्तसम्मका कोभिड १९ सम्वन्धि स्वास्थ्य समाग्री तथा उपकरण आयातका लागि राष्ट्र बैंकले डलर सटहीको सीमाहरु परिवर्तन गरेको हो ।

यस्ता सामाग्री आयातकर्ताले बिदेशी मुद्राको अपचलन भएमा स्वयम् आयातकर्ता जिम्मेवार हुनेछ । यसका लागि बैंक तथा वित्तीय संस्थाले आयातकर्तालाई स्वघोषणा फारम भराउने छन् ।

साथै बैंक तथा वित्तीय संस्थाले आयात भएको यस्ता वस्तुको विवरण प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर