समयमै बहुमतीय सरकारको दावी गर्ने देउवा र प्रचण्डबीच सहमति – Nepal Press

समयमै बहुमतीय सरकारको दावी गर्ने देउवा र प्रचण्डबीच सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको छ । संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छिन् ।

विपक्षी गठबन्धनमा अहिलेसम्म बुहमत देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर