कोरोनाबाहेकका बिरामीलाई अस्पताल पुर्‍याउन नि:शुल्क सवारी सेवा – Nepal Press

कोरोनाबाहेकका बिरामीलाई अस्पताल पुर्‍याउन नि:शुल्क सवारी सेवा

काठमााडौं । महामारीको बेला कोरोनाबाहेकका बिरामीलाई अस्पतालसम्म निःशुल्क पुर्‍याउन ‘म्याक्स भेहिकल रेन्टल’ शुरू गरिएको छ ।

‘संकटमा सारथी, म्याक्स भेहिकल रेन्टल’ अभियानका साथ निःशुल्क सवारी सेवा सञ्चालन गरिएको म्याक्स भेइकलका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए । ‘हामीसँग ५ वटा जति आफ्नै गाडी छन् । यतिबेला हामीले केही योगदान गर्नुपर्छ भन्ने लाग्यो । चालकसँग सहजीकरण गरेर यो सेवा दिऊँ भनेर लागि परेका हौं,’ श्रेष्ठले भने ।

एसएप कार रेन्टसँगको सहकार्यमा यो सेवा थालिएको हो । ‘यो ननकोभिडका लागि हो । कोभिडकालाई मापदण्ड पूरा गर्न सकिन्न । ड्राइभरहरूलाई पीपीई, मास्कसहित सेनिटाइजर राखेर शुरू गर्‍यौं । पासको व्यवस्था गरेका छौं,’ श्रेष्ठले भने ।

उद्धार गरेर अस्पताल पुर्‍याइएकामा अधिकांश सुत्केरी छन् । काठमाडौं उपत्यकाभित्र मर्कामा परेका ननकोभिडका बिरामीलाई आवश्यक परे ९८६६६६६१११ र ९८१३२३५३३७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर