रुपन्देहीका पत्रिका प्रकाशन अनिश्चितकालका लागि बन्द – Nepal Press

रुपन्देहीका पत्रिका प्रकाशन अनिश्चितकालका लागि बन्द

रुपन्देही । कोभिड–१९ को कारण पत्रपत्रिका वितरण तथा समाचार संकलन, प्रकाशनमा असर परेको भन्दै रुपन्देहीका पत्रपत्रिकाहरु केही दिनका लागि प्रकाशन स्थगित हुने भएको छ ।

प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै कोभिडको विषम परिस्थितिमा पनि पत्रपत्रपत्रिका प्रकाशन हुदै आएकोमा निषेधाज्ञाबाट आबद्द सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिन प्रतिदिन चुनौती थपिदै गएको भन्दै पत्रपत्रिका केही दिनका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

विज्ञप्तीमा भनिएको छ– ‘प्रकाशन तथा प्रसारण समाज नचाहँदा नचाहँदै पनि मिति २०७८ जेठ १ गतेदेखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सूचना दिन बाध्य भएको छ ।’

कोभिड–१९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिवद्धतासमेत प्रकाशन प्रसारण समाज रुपन्देहीले जाहेर गरेको छ ।

प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमहरुले भने कोभिड–१९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरी सुरक्षित रही प्रसारण गर्न सकिने अनुरोध समेत विज्ञप्तीमा गरिएको छ ।

पत्रकार कोरोना तथा आपतकालीन कोषमा साढे ७ लाख 

नेपाल पत्रकार महासंघ रुपन्देहीको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता भएको छ ।

रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एंव पत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन ।

कोषमा स्वत स्फूर्त रुपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए ।

कोरोनाको दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर