कांग्रेसको असन्तुष्टिपछि रोकियो मन्त्रीहरूको सपथ – Nepal Press
कर्णाली प्रदेश

कांग्रेसको असन्तुष्टिपछि रोकियो मन्त्रीहरूको सपथ

सुर्खेत । कर्णाली प्रदेशमा थपिएका ३ मन्त्रीहरूको सपथ ग्रहण समारोह रोकिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो ।

आज ११ बजे सपथ गराउने तय भएपनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री शाहीलाई सचेत गराएको छ ।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र सीता नेपालीलाई ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिने तयारी गरेका थिए ।

मन्त्रालय विभाजन गरिएकोमा कांग्रेसले असहमति जनाएको हो । कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालय समेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्रेसको असन्तुष्टि बढेको हो । मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्ने दल र समूहसंग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

सहमति खोज्न मुख्यमन्त्री शाही, फ्लोर क्रस गरेर सरकार जोगाएका एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता जीवनबहादुर शाहीबीच अहिले छलफल भइरहेको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेसको असन्तुष्टिपछि रोकियो मन्त्रीहरूको सपथ

  1. यो मुख्य मन्त्रीको स्वबिबेकिय अधिकार क्षेत्र भित्रको कुरा हो! कसलाइ,कहिले,कति जना भन्ने कुरा! सपथ गराउने,नगराउने,रोक्ने उहामा निर्भरछ!! यदि काङ्ग्रेसले रोकेर रोकिने भए यश भन्दा पहिला नियुक्त हुनेको रोकि दो हो त?अत,काङ्ग्रेसका वा अन्य कुनै कारणले होइन!! काङ्ग्रेसले त सबै राख,राम्रो सङ्ग चलाउ,कोरना नितन्त्रणमा दखल देउ भनेकै छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर