एमाले स्थायी कमिटी बैठकले के-के निर्णय गर्‍यो ? (भिडियोसहित) – Nepal Press

एमाले स्थायी कमिटी बैठकले के-के निर्णय गर्‍यो ? (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा बसेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेकपा एमाले स्थायी समितिले बरिष्ठ नेता माधव कुमार नेपाल लगायत ४ नेता माथि गरेको कारवाही फिर्ता गरेको छ ।

बालुवाटारमा बिहीबार विहान बसेको स्थायी समिति बैठकले बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

पार्टी एकताको रक्षाका लागि विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै ४ नेतामाथि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्षलाई प्रत्यायोजन गरेको पनि उनले जानकारी दिए ।

बैठकले बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्मानमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कोभिड महामारीको बढ्दो चुनौति र कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका तयारी बारे जानकारी गराएको थियो । बैठकले उपचारका लागि अत्यावश्यक अक्सिजन अभाव लगायतका समस्या सम्बोधन गर्न राज्यको सम्पुर्ण क्षमता र सम्पुर्ण कुटनीतिक क्षमता प्रयोग गर्न सुझाव दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर