नेपालको कोरोना संक्रमणदर विश्वमै दोस्रो स्थानमा – Nepal Press

नेपालको कोरोना संक्रमणदर विश्वमै दोस्रो स्थानमा

काठमाडौं । नेपालमा पछिल्लो समय भारतकै तुलनामा कोभिड संक्रमण बढिरहेको छ । दैनिक संक्रमणदर र मृत्युदरमा पनि वृद्धि भैरहेको छ ।

कोरोनासंक्रमण फैलिने दरमा अहिले भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । अहिले नेपालमा १० जना संक्रमितले १६ जनामा रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनामा रोग सारिरहेका छन् ।

कोभिड सार्ने हिसाबको दरले नेपालमा कोभिड पोजेटिभको दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्थामा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका महामारीविज्ञ डा. अर्चना श्रेष्ठ बताउँछिन् ।

‘भारतको तुलनामा यो साता नेपालमा ५१ प्रतिशतले संक्रमितको संख्या वृद्धि भएको छ जुन विश्वकै संक्रमण दरको हिसावले दास्रो हो’ उनले भनिन् ‘जनसंख्याको हिसाबले भारतसँग तुलना गर्दा नेपाल बढी जटिल अवस्थामा देखिएको छ ।’

कोभिड परीक्षण पोजेटिभ देखिने दर भारतमा भन्दा नेपालमा दोब्बर देखिएको छ । भारतको तथ्यांक हेर्दा त्यहाँ भन्दा नेपालमा कोभिडले बढी क्षति पुर्‍याउने गरी संक्रमण फैलिरहेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *