माधवसहितका नेताको कारवाही फुकुवापछि योगेशले भने- अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ – Nepal Press

माधवसहितका नेताको कारवाही फुकुवापछि योगेशले भने- अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ

काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले माधवसहितका चार नेताको कारवाही फिर्ताप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् ।

भट्टाराईले ट्वीट गर्दै भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेपछि भट्टराईले प्रतिक्रिया जनाएका हुन् ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर