गाडीको ठक्करबाट ड्यूटी गरिरहेका हवल्दारको मृत्यु – Nepal Press

गाडीको ठक्करबाट ड्यूटी गरिरहेका हवल्दारको मृत्यु

रूपन्देही । रुपन्देहीको कन्चन ४ थकालीचोकमा सवारी चेकिङ गरिरहेका प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यलय रुद्रपुरका अनुसार कञ्चन गाउँपालिका ४ थकालीचोकस्थित ट्राफिक चेकिङको क्रममा गाडीले ठक्कर दिँदा जिल्ला प्युठान एरावती गाँउपालिका- २ घर भएका हाल इलाका प्रहरी कार्यलय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको छ ।

बिहीबार बिहान पहिचान खुल्न नसकेको गाडीले ठक्कर दिंदा ३६ वर्षिय प्रहरी हवल्दार बुढा मगरको मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

ठक्कर दिने गाडीको पहिचानका लागि हरैया, लोन्डिहवा र लुम्बिनीमा राखिएका सि सि टिभी क्यामेराको सहायताबाट खोजी भैरहेको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर