तीन वर्षदेखि ओरालो लाग्दै टेलिकमको नाफा – Nepal Press

तीन वर्षदेखि ओरालो लाग्दै टेलिकमको नाफा

काठमाडौं । नेपाल टेलिकमको नाफा लगातार तीन बर्षदेखि ओरालो लागेको छ ।

टेलिकमले प्रकाशित गरेको प्रतिवेदन अनुसार तेस्रो त्रैमासिकमा टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २२ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा टेलिकमको नाफा ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार थियो । सन् २०१८/१९ मा टेलिकमको खुद नाफा ९ अर्ब ९८ करोड थियो ।

कम्पनीको गत वर्षको कुल आम्दानी ३२ अर्ब २७ करोड थियो भने यो वर्षको कुल आम्दानी ३१ अर्ब रहेको छ ।

कम्पनीले सेवा बिक्रीबाट गरेको आम्दानी यो वर्ष २७ अर्ब छ भने गत वर्ष यो रकम एक अर्ब कम थियो । टेलिकमको कुल खर्च भने गत वर्षको भन्दा बढेको छ । चालु आवको ९ महिनामा २२ अर्ब खर्च भएको छ भने गत वर्ष २१ अर्ब खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “तीन वर्षदेखि ओरालो लाग्दै टेलिकमको नाफा

  1. कर्मचारीमा पुरानै साेच पैसा नभइ काम नगर्ने । निजि कम्पनि संगको प्रतिसप्रधा गर्न निति निर्माण बहुत फितलो ।

Leave a Reply to hari kumar Cancel reply

Your email address will not be published. Required fields are marked *