आजदेखि उपत्यकाका जिल्लास्तरीय कार्यालयहरु बन्द – Nepal Press

आजदेखि उपत्यकाका जिल्लास्तरीय कार्यालयहरु बन्द

काठमाडौं । आजदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा अत्यावश्यकबाहेकका जिल्लास्तरिय कार्यालय बन्द हुने भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोरोनाभाइरस संक्रमणको जोखिमलाई कम गर्दै ती कार्यालय बन्द गर्ने निर्णय भएको हो ।

अत्यावश्यक कार्यालय भने सुचारु हुनेछन् । मन्त्रालय र विभाग मातहतका कार्यालय संचालन भने अहिले निर्णय भएको छैन ।

आजैदेखि काठमाडौंको निषेधाज्ञा १४ दिन थप भएको छ । पसलहरु बिहान १० बजेसम्म खुल्न पाएका छन् । निषेधाज्ञालाई थप कडाइ गर्ने तयारीमा जिल्ला प्रशासन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *