अस्वस्थ राजनीतिक खेल बन्द गरेर कोभिडविरुद्ध राष्ट्रिय सहमति बनाउन योगेशको आग्रह – Nepal Press

अस्वस्थ राजनीतिक खेल बन्द गरेर कोभिडविरुद्ध राष्ट्रिय सहमति बनाउन योगेशको आग्रह

महामारीविरुद्ध खटेका जनशक्तिबाहेक राज्यबाट सुबिधा लिने सबैको सुविधा रोक्न प्रस्ताव

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले राजनीतिक विमतिहरुलाई थाँती राखेर कोभिडविरुद्धको लडाइमा राष्ट्रिय सहमतिका साथ ठोस योजना सहित काम गर्न आह्वान गरेका छन् ।

भट्टराईले ४ बुँदे वक्तव्य जारी गर्दै अहिलेको संवेदनशील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्य संयन्त्र र राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको बताएका छन् ।

भट्टराईले जनताको असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्नसक्ने सम्भावनाप्रति सबै सचेत हुुनपर्ने भन्दै राष्ट्रको मिसन कोभिड १९ विरुद्धको लडाइलाई बनाउनुपर्ने बताएका छन् ।

भटट्राईले चीनमा कोभिडको असर तुलनात्मक रुपमा कम रहेको भन्दै त्यताबाट स्वास्थ्य सामाग्री ल्याउन पहल गर्नुपर्ने र भारत लगायत अन्य देशलाई पनि अनुरोध गरि सहयोग ल्याउन सुझाव दिएका छन् ।

सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाइमा केन्द्रित गरि अन्य शीर्षकबाट समेत बजेट झिकेर यो लडाइमा आर्थिक अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अघिल्लो कोभिड संकटका बेला सीसीएमसीको सदस्य रहेका पूर्वमन्त्री भट्टराईले कोभिडविरुद्धको लडाइमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमक लिने अरु सबैको सुबिधा हाललाई स्थागित राख्ने प्रस्ताव समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर