एफएनसीसीआईले आजबाट आइसोलेसन सेन्टर संचालनमा ल्याउने – Nepal Press

एफएनसीसीआईले आजबाट आइसोलेसन सेन्टर संचालनमा ल्याउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आजबाट आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

भगवान महावीर जैन-निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलपोखरीस्थित जैन निकेतनमा ड्राई अक्सिजन र आपतकालिन उपचार विनाको आइसोलेसन सेन्टर संचालनमा ल्याउने भएको हो ।

सेन्टरमा सुरुमा २६ बेड रहने छन् । आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना छ । कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य महासंघको छ ।

आइसोलेसनका लागि आवश्यक स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुईजना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी त्यहाँ रहेका संक्रमितहरूको चौबिसै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको प्रवन्ध गर्नेछ ।

स्थानीय तहमा संक्रमितहरूसँग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने छ । केन्द्रमा अक्सिजनबाहेक कोरोना संक्रमितका लागि खाने औषधि उपलव्ध गराइने छ ।

आइसोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ । भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो । यस्ता आइशोलेसन सेन्टरको संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा समेत सघाउ पुग्ने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *