ओमानबाट अक्सिजन सिलिण्डर ल्याइँदै, बेइजिङबाट अक्सिजन ल्याउन दैनिक उडान भर्ने निगमको तयारी – Nepal Press

ओमानबाट अक्सिजन सिलिण्डर ल्याइँदै, बेइजिङबाट अक्सिजन ल्याउन दैनिक उडान भर्ने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले केही समयपछि हरेक दिन ५५० थान अक्सिजन सिलिण्डर ल्याउन आफ्नो ए ३३० कलसाइनको जहाजलाई बेइजिङ पठाउने भएको छ । निगमको जहाजले विभिन्न देशमा पुगेर अक्सिजन सिलिण्डर लगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु ल्याइरहेको छ ।

ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा जम्मा गरिएका करीव ६ सय थान अक्सिजन सिलिण्डर लिन आगामी शनिवार नेपाल एयरलाइन्सको जहाज मस्कट जाने प्रयास भइरहेको प्रबन्धक निर्देशक डिमप्रकाश पौडेलले बताएका छन् ।

मस्कटबाट फर्केर सोही साँझ बेइजिङमा संकलित करीव ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अन्य मेडिकल सामाग्री लिन जाने तयारी भइरहेको पौडेलले बताए ।

पौडेले भनेका छन्– त्यसपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले हरेक दिननै ए ३३० बिमान बेइजिङ पठाउने छौं । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको छ ।

पौडेलले नेपाल सरकारका सम्बद्ध सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी दुई साताभित्र अक्सिजन समस्या समाधान हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर