कोरोनाबाट बाँकेमा थप नौ जनाको मृत्यु – Nepal Press

कोरोनाबाट बाँकेमा थप नौ जनाको मृत्यु

रूपन्देही । कोरोना संक्रमणबाट गयराती बाँकेमा थप ९ जनाको मृत्यु भएको छ।

भेरी अस्पतालमामा उपचाररत नेपालगन्ज-१ की ४३ वर्षीया महिला, गुलरिया-८ बर्दियाकी ३२ वर्षीया महिला,भेरी अस्पतालमा उपचाररत राजापुर-६ बर्दियाकी ५६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभीड संकट व्यवस्थापनका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तुलसीपुर-६ दाङका ४३ वर्षीय पुरुष, बैजनाथ-६ बाँकेका ६४ वर्षीय पुरुष, तुलसीपुर-५ दाङकी ३५ वर्षीया महिला, डुडुवा गाउँपालिका-३ बाँकेकी ५० वर्षीया महिला, नरैनापुर गाउँपालिकाका ४२ वर्षीय पुरुष र नेपालगन्ज-१२ की ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको ओलीले बताए।

यो सँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१३ र बाहिरी जिल्लाका मृतकको संख्या १६३ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर