कोरोना महामारीमा निजी क्षेत्रको साथ, यसरी सहयोग गर्दैछन् व्यवसायी – Nepal Press

कोरोना महामारीमा निजी क्षेत्रको साथ, यसरी सहयोग गर्दैछन् व्यवसायी

काठमाडौं । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनामा माहामारीका कारण नेपालले पनि गम्भीर स्वास्थ्य संकटबाट गुज्रिरहेको छ । दैनिक तीब्र गतिमा फैलिएको कोरोना माहामारीले जनजीवन आक्रन्त पार्दै लगेकाे छ । अस्पताल सबै कोरोनाका विरामीले भरिएका छन् । यस्तो कठिन परिस्थितिमा केही व्यवसायी तथा संघसंथाले सहयोगको हात अघि बढाएका छन् ।

उद्योग बाणिज्य महासंघ

महासंघले केही दिन अघिमात्र ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ’ अभियान थालनी गरेको छ । महासंघले विपत्तिमा मलुकलाई सघाउनका लागि संस्थागत सामाजिक उत्तरदायित्वका रुपमा सो कार्यक्रम ल्याएको बताएको छ । यो कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रममा ‘हेल्लो डाक्टर’ ल्याएको छ ।

कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरुले ‘हेल्ले डाक्टर’ मार्फत सहयोग लिन सक्ने बताएको छ । ‘हेल्लो डाकटर’ मा भाइवरमार्फत कोभिड संक्रमित विरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ ।

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा २ सय शय्याको आइसोलेशन निर्माण गरिरहेको छ । महासंघले काठमाडौंको कमलादी र क्षेत्रपाटी, ललिपपुरको पाटन र भक्तपुरमा ५०/५० शय्याको आइसोलेशन बनाइरहेको छ ।
समस्यामा परेका कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेको सर्वसाधरणलाई सहयोग पुर्‍याउने उद्देश्यले महासंघमै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको नेतृत्वमा काम अघि बढाएको छ ।

नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले बुधबार मात्रै सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । परिसंघले २ करोड रुपैयाँ बराबरको सहायता सरकारलाई गरेको हो । यसमा ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

नेपाल चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले कोभिडका विरामी बढ्दै गएपछि निशुल्क एम्बुलेन्स सेवा दिइरहेको छ । चेम्बरले छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । चेम्बरका अनुसार कोभिडका विरामीलाई आपत नपरोस भनेर एम्बुलेन्स सेवा उपलव्ध गराएको बताएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने उसको भनाइ छ ।

अटोमोवाइल्स एशाेसिएसन अफ नेपाल

 

अटोमोवाइल्स एसोसिएसन अफ नेपालले कोभिड महामारी संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लिपर ५० सेट, बेड सिट ५० थान, ५ हजार थान माक्स, ५० थान टावेल, थर्मोसल ब्वाइलेट ५० थान सशस्त्र प्रहरी अस्पताललाई सहयोग गरेको छ ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज

 

केही दिन अघिमात्र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजय शाहले धुलिखेल अस्पतालाई आईसीयू (सघन उपचार कक्ष) र अक्सिजन आपूर्ति प्रणालीका लागि १ करोड ३५ लाख रुपैयाँ प्रदान गरे । उनी आर्थिक वर्ष २०७५-७६ मा व्याक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्याक्तिमा पर्छन् ।

गोल्छा समूह

 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार गोल्छा समूहको तर्फबाट पाटन स्वास्थ विज्ञान प्रतिष्ठान, पाटन अस्पतालाई एक करोड रुपैयाँ सहयोग गरेका छन् ।

गोल्छा ग्रुपले अस्पतालाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि भनेर यो रकम प्रदान गरेको हो । अध्यक्ष गोल्छाले सोमबार ट्वीट गर्दै यस्तो माहमारीमा हामी सबैले आ–आफ्नो स्थानबाट सहकार्य र हालेमालो गरेर महामारीबाट छिट्टै पार पाउन सफल हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *