चन्द्रागिरीलाई एकसाता पूर्णरुपमा सिल गरिने – Nepal Press

चन्द्रागिरीलाई एकसाता पूर्णरुपमा सिल गरिने

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजातिको जोखिम कम गर्न काठमाडौंको चन्द्रागिरी नगरपालिकालाई पूर्णरुपमा सिल गरिने भएको छ ।

नगरपालिकाले आज विज्ञप्ती जारी गर्दै जेठ १ गतेदेखि ७ गते मध्यरातसम्म पूर्णरुपमा सिल गर्ने जनाएको छ ।

औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक बाहेकका सबै कार्यालय सेवा बन्द गर्ने तथा हिँड्डुलमा पनि रोक लगाइने निर्णय भएको छ ।

तर, भेरोसेलको दोस्रो मात्राको खोप लगाउन पहिलोपटक लगाएको खोप कार्डलाई देखाएर खोप केन्द्रसम्म जान पाइने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर