२४ घण्टामा १ सय २९ आन्तरिक उडानबाट ६ सय ६ को उद्धार – Nepal Press

२४ घण्टामा १ सय २९ आन्तरिक उडानबाट ६ सय ६ को उद्धार

पछिल्लो २४ घण्टामा त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलका साथै पोखरा, लुक्ला, सुर्खेत र नेपालगञ्ज विमानस्थलवाट विभिन्न वायुसेवाले १ सय २९ आन्तरिक उडान भरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ति उडानबाट ४ सय ६ यात्रुको उद्धार गरिएको छ भने जम्मा उडानमध्येबाट मेडिकल उद्धारको उडानको संख्या ५५ रहेको छ ।

हिमालय एयरले ढाका–काठमाडौं–दिल्ली–काठमाडौं उडान भई जम्मा ८६ यात्रुसहित दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलले जनाएको छ । उक्त उडानका सबै यात्रुलाई नेपाल पर्यटन वोर्डको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट सूचीकृत होलटको क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर