६ लाख भन्दा बढी मेडिकल उपकरण, १९ करोड भन्दा बढीको औषधी आयात – Nepal Press

६ लाख भन्दा बढी मेडिकल उपकरण, १९ करोड भन्दा बढीको औषधी आयात

काठमाडौ । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि ३ करोड ५७ लाख ४६ हजार २ सय ४ रुपैयाँ बराबरको ६ लाख ३७ हजार २ सय ४३ मेडिकल उपकरण भन्सार नाकाबाट आयात भएको छ । भन्सार विभागका अनुसार १९ करोड ६४ लाख ५२ हजार ३ सय ७८ को औषधी पनि आयात भएको हो ।

मेडिकल उपकरणमा २ हजार डिजिटल इन्फ्रारेड थर्मोमिटर, ५ लाख ४४ हजार ८ सय २६ फेस मास्क, २ हजार पल्स अक्सिमिटर, ७ सय ३५ अक्सिजन सिलिण्डर आयात भएको विभागका महानिर्देशक यामलाल सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार १ सय ९३ अक्सिजन कन्सनट्रेटर, ४ इन्फ्युजन सिरिञ्ज पम्प, ८७ हजार ४ सय सिरिञ्ज, ८५ मेडिकल अर्थात सर्जिकल फर्निचर रहेका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *