२४ घण्टामा करिव ५ हजार अक्सिजन सिलिण्डर संकलन – Nepal Press

२४ घण्टामा करिव ५ हजार अक्सिजन सिलिण्डर संकलन

८ हजार ९ अक्सिजन सिलिण्डर मात्र मौज्दात

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप करिव ५ हजार अक्सिजन सिलिण्डर संलकन भएका् छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा औद्योगित तथा अन्य प्रयोजनमा रहेका थप ४ हजार ८ सय १६ सिलिण्डर संकलन भई सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गरिएको छ ।

देशभर उपलब्ध ४१ हजार १ सय ५८ अक्सिजन सिलिण्डरमध्ये ८ हजार ९ अक्सिजन सिलिण्डर मात्र मौज्दात रहेको विभागका महानिर्देशक प्रकाश पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । यसै गरी उद्योग र निर्माण क्षेत्रबाट १ हजार ४ सय ६० अक्सिजन सिलिण्डर मेडिकल प्रयोजनका लागि प्राप्त भएका छन् ।

विभागका अनुसार गण्डकी प्रदेशमा अक्सिजनको कालोबजारी गर्ने २ जनालाई कारवाही भएको छ । निषेधाज्ञाको बीचमा अत्यावश्यक सेवा नियमित तवरले सञ्चालन गर्ने प्रबन्ध मिलाइएको छ भने निर्माण सामग्रीको ढुवानी र आपूर्तिलाई सहजीकरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर