बुधबारमात्र देशका विभिन्न सीमानाकाबाट साढे ४ हजार नेपाली नेपाल प्रवेश – Nepal Press

बुधबारमात्र देशका विभिन्न सीमानाकाबाट साढे ४ हजार नेपाली नेपाल प्रवेश

काठमाडौं । मुलुकभरका ७२ जिल्लामा निषेधाज्ञा लगाइएको अवस्थामा पनि बुधरबार एकै दिन मुलुकभरका विभिन्न नाकाबाट करिव साढे ४ हजार नेपाली नेपाल प्रवेश गरेका छन् । गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न सीमानाकाबाट ४ हजार ४ सय १ नपाली नागरिक नेपाल प्रवेश गरेका हुन् ।

देशभर १ सय ५३ जना क्वारेन्टाइन उल्लघनकर्तालाई जरिवानासहित कारवाही गरिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई जानकारी दिए । ति सबैलाई स्थानीय क्वारेन्टाइनमा राखिएको उनले बताए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नै देशभरका २ हजार २ सय ५७ क्वारेन्टाइनमा ३ हजार ४ सय ९ बेड क्षमता रहेको छ । क्वारेन्टाइन बेड संख्या अघिल्लो दिनको तुलनामा २ सय ९० बढेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर