सहि सूचना प्रवाह गर्न गराउन राष्ट्रिय सूचना आयोगको सबैलाई आग्रह – Nepal Press

सहि सूचना प्रवाह गर्न गराउन राष्ट्रिय सूचना आयोगको सबैलाई आग्रह

काठमाडौं । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसका वारेमा तथा यससंग सम्बन्धित विषयमा भ्रमपूर्ण सूचना प्रवाह, प्रकाशन, प्रसारण तथा शेयर नगर्न आग्रह गरेको छ । आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण सूचनाका कारण गम्भिर परिणाम आउन सक्ने भन्दै सम्बन्धित नियामक निकायलाई पनि चनाखो रहन आग्रह गरेको छ ।

अहिलेको विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, चिकित्सा सेवा प्रवाह गर्ने सवै संस्था, सम्वद्ध अन्य निकाय र सर्वसाधारण नागरिकलाई ७ वुदेँ आग्रह पनि गरेको आयोगका प्रवक्ता समेत रहेका सूचना आयुक्त कमला ओलीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आयोगले यथार्थ र समय मै पाउने सूचनाले नागरिकलाई भ्रम र भयवाट मुक्त गराउने भन्दै पारदर्शी र उत्तरदायी कृयाकलापबाट सबै सफल हुन सक्ने पनि जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *