योग्यता नपुगेका कर्मचारीलाई नगरपालिकाले अधिकृतमा बढुवा गरेको खुलासा – Nepal Press

योग्यता नपुगेका कर्मचारीलाई नगरपालिकाले अधिकृतमा बढुवा गरेको खुलासा

संवैधानिक प्रावधानको अधिनमा रही एकरुपता कायम गर्न सर्तकता केन्द्रको निर्देशन

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले कानून विपरीत शैक्षिक योग्यता समेत नभएका एक जना कर्मचारीलाई अधिकृत तहमा स्तर वृद्धि गरि बढुवा गरेको खुलासा भएकाे छ । नगरपालिकाले प्राविधिक एसएलसी शैक्षिक योग्यता भएका सुरेश कार्कीलाई पाँचौ तहको सव ईन्जिनियरवाट अधिकृत छैटौ तहमा बढुवा गरेको छानविनबाट खुलासा भएकाे राष्ट्रिय सर्तकर्ता केन्नले जनाएकाे हाे ।

नगरपालिकाले  एकै पटक १२ जनाकाे बढुवा गर्दा ११ जनाको साविकको तहको शैक्षिक योग्यता पुगेको छानविनका क्रममा भेटिएकाे तर एक जनाकाे भने याेग्यता नपुगेकाे भेटिएकाे केन्द्रका सूचन अधिकारी समेत रहेका उपसचिव हरी प्रसाद शर्माले नेपाल प्रेसलाइ जानकारी दिए । उनका अनुसार केन्द्रमा गत माघ १५ गते याेग्यता नपुगेका व्यक्तिकाे स्तरवृद्धि  भएकाे भनेर उजुरी गरेपछि केन्द्रले छानबिन गर्नका लागि छानविन टोली गठन गरेको थियो ।

टाेलीले छानविन गर्दा नगरपालिकाले निर्माण गरेको गोदावरी नगरपालिकाको कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्वन्धी) ऐन, २०७६ संविधानमा भएको प्रावधान बमोजिम नभएको पाइएको छ । नगरसभाबाट फागुन २ मा वनाएको सेवा शर्त सम्बन्धी ऐन, २०७६ मा राखिएका प्रावधानलाई आधार वनाई गरिएको स्तरवृद्धि कानून सम्मत नदेखिएको केन्द्रले पुष्टि गरेको हो ।

गठित छानविन टोलीले प्रतिवेदन पेश गरेको प्रतिवेदनमाथी छलफल गर्दा नगरपालिकाको २०७६ फागुन २ गते बसेको विशेष नगरसभा बैठकले गोदावरी नगरपालिकाको कर्मचारी व्यवस्थापन (सेवा शर्त समवन्धी) ऐन, २०७६ स्वीकृत भएको पाइएको छ ।

नेपालको संविधानको धारा २ सय २६ को उपधार १ मा गाउँ सभा र नगर सभाले अनुसूची ८ र अनुसूची ९ बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानून बनाउन सक्ने व्यवस्था गरेको छ भने धारा २२६ को उपधार २ मा उपदफा १ बमोजिम कानून वनाउने प्रक्रिया प्रदेश कानून बमोजिम हुनेछ भन्ने उल्लेख छ । तर नगरपालिकाले यस अनुसार ऐन नबनाएको पाइएको जनाइएको छ ।

यस्ता विषयमा केन्द्रले सबै स्थानीय तहमा संवैधानिक प्रावधानको अधिनमा रही एकरुपता कायम गर्न नीतिगत व्यवस्था मिलाउन केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर