झिनो अंकले उकालो लागेको बजारमा दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो – Nepal Press

झिनो अंकले उकालो लागेको बजारमा दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । बुधबार झिनो अंकले नेप्से बढ्दै बजार बन्द भएको छ । आज नेप्स परिसूचक शून्य दशमलव ५६ अंकले बढ्दै २६७३.८८ विन्दुमा रोकिएको छ ।

आज नेप्से झिनो अंकले बढेपनि दुई वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेका छन् भने अन्य १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले नै बढ्न पुगेको छ ।

आज १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ताको किनबेचमा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी, आज नेपाल पुर्नबीमा कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको छ । पुर्नबीमको शेयर कारोबार आज ३५ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट तथा डेभलपमेन्ट कम्पनी शेयर कारोबार २६ करोड रुपैयाँ बराबर भएको छ । यसैगरी, अपि हाइड्रो र सिभम सिमेन्टको १४÷१४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा नारायणी डेभलपमेन्ट विकास बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । यसैगरी बोर्टलर्स नेपाल, विसालबजारलगायत १० कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा माथिले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर