तातोपानी नाकाबाट चिनियाँ स्याउको आयात बढ्यो – Nepal Press

तातोपानी नाकाबाट चिनियाँ स्याउको आयात बढ्यो

काठमाडौं । चीनसँगको सीमा तातोपानी नाकाबाट खाद्यान्न र फलफूलबाहेक अन्य सामग्री आउन छाडेको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख एलबी खत्रीका अनुसार अहिले नाकाबाट भित्रिने सामानमा खाद्यान्नका केही बाहेक धेरै स्याउका कन्टेनर छन् । अहिले नाकाबाट दैनिक १६ कन्टेनर नेपाल आइरहेको छ । त्यसमध्ये ९० प्रतिशत स्याउ छ । साथै, नगण्य मात्रमा स्वास्थका सामग्री पनि आउने गरेको उनले बताए ।

तातोपानी हुँदै जाने नेपाली कन्टेनर र सवारीसाधनलाई भने चीनले अवरोध नगरेको खत्रीले बताए । गत वर्ष नाका खोलिएपछि पनि सामान ओसारपसारमा चीनले व्यवधान गरेको थियो । अहिले चालकलगायत सम्बन्धितलाई कोरोनाविरुद्धको खोप दिइसकिएकोले स्वास्थ मापदण्ड पूरा गरेर जाने गरेको बताइएको छ ।

चीन सरकारले नेपाललाई अनुदान दिएको ४० थान भेन्टिलेटरलगायतका स्वास्थ्य सामाग्री पनि केही दिनमा नाका आइपु्ने प्रमुख खत्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर