रिचार्जरले अक्सिमिटर ९९९ मा नि:शुल्क डेलिभरी गर्ने – Nepal Press

रिचार्जरले अक्सिमिटर ९९९ मा नि:शुल्क डेलिभरी गर्ने

काठमाडौं । ई – कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।

ई -सेवासँगको सहकार्यमा रिचार्जरले सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गर्ने भएको हो ।

पल्स अक्सिमिटर ९९९ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । बैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ ।

एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् । अक्सिमिटरको इसेवाबाट भुक्तानी गर्ने ग्राहकले मात्रै उल्लेखित मूल्यमा अक्सिमिटर पाउने कम्पनीले जनाएको छ।

यसका साथै ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखी ८२ हजार रुपैंयामा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैंयामा, सर्जिकल मास्क ५ रुपैंयामा, के ९५ मास्क १५ रुपैंयामा, कोरियन मास्क ३५ रुपैंयामा, फेस शिल्ड ५५ रुपैंयामा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैंया, ५ लिटरको स्यानिटाइजर ७९९ देखी ९९९ रुपैंयाका साथै थर्मल गन ९९९ रुपैंयामा उपलब्ध गराइने कम्पनीले बताएको छ ।

विभिन्न किसिमका पीपीइ सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराइने बताइएको छ । गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर