परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग – Nepal Press

परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । परिसंघले आफ्नो सदस्य संस्था होङ्शी-शिवम् सिमेन्टमार्फत ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमितको संख्या तीव्र भएसँगै अस्पतालमा अक्सिजन अभाव भइरहेको बेला परिसंघले सो सहयोग गरेको हो । २ करोड रूपैयाँ बराबरको सो सहायता बुझ्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसले राहत हुने बताए ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले संकटका बेला निजी क्षेत्र सरकार सँगै रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर