बिरामी बोकेको अटो भिरबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते – Nepal Press

बिरामी बोकेको अटो भिरबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते

खोटाङ । खोटाङ जन्तेढुंगा गाउपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोमा सवार १३ बर्षीय बालक  गोकुल परियार रहेको प्रहरीले जनाएकाे छ । घाईते बालकको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो । घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर