राजीनामाको संकेत गर्दै भुसालले भने- आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो – Nepal Press

राजीनामाको संकेत गर्दै भुसालले भने- आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीसँग आत्मसमर्पण नगर्ने संकेत गर्दै झलनाथ र माधव नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गर्न लागिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन् ।

भुसालले नाम नलिई विदेशी शक्तिले प्रतिनिधिसभा विघटनको बाटोमा लैजान खोजेको संकेत गरेका छन् ।

भुसालले भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहको एमालेलाई विभाजित गरिँदैछ ।..विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

भुसालले यसो भनेर यदि जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा नउभिए केपी ओलीलाई सत्ताबाट हटाउन माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिने संकेत गरेका छन् ।

यसअघि गत सोमवार भुसाल लगायतका नेताहरुकै असहमतिले राजीनामाको निर्णय रोकिएर माधव पक्षका सांसद अनुपस्थित भएका थिए ।


प्रतिक्रिया

One thought on “राजीनामाको संकेत गर्दै भुसालले भने- आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो

  1. नेपाल-रावल-भुसालहरू शेरबहादुर देउवालाई प्रम बनाउन आत्मसमर्पण होइन, विद्रोह रोज्छौं भन्दैछन् यसलाई क्रान्तिको उपमा दिदैछन्। आफूलाई क्रान्तिकारी ठान्दैछन् अनि केपी ओलीलाई दक्षिणपन्थी भए भनेर कुर्लदैछन्। आज घनश्यामले भन्दैछन्, “आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो।” कठै तिनका बुद्धि!

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर