आईसीयू कुर्दाकुर्दै ५ जना कोरोना संक्रमितको मृत्यु – Nepal Press

आईसीयू कुर्दाकुर्दै ५ जना कोरोना संक्रमितको मृत्यु

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयू र एचडीयू बेड कुर्दाकुर्दै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गएरातिमा सो अस्पतालमा मृत्यु भएका ६ जनामध्ये ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा बसेर आईसीयु बेड कुरिरहेका थिए ।

ती मध्ये एकजनाको कोरोना विशेष अस्पतालकमा पुर्‍राएपछि मृत्यु भएको थियो । आज मृत्यु हुनेहरुमा मंगलबार इमर्जेन्सीमा आएका तानसेन १४ का ३८ वर्षिय पुरुष रहेका छन् उनको मंगलबार राति ११ बजे मृत्यु भएको थियो ।

त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३५ बजे, बैशाख २६ गतेदेखि इमर्जेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको थियो ।

मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिएका छन् ।

बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्‍राएपछि राति ७ बजे मृत्यु भएको हो ।
डा। गौतमका अनुसार मृतकहरु मध्ये ५ जनाले कोरोना विशेष अस्पतालमा आईसीयू र एडीयू बेड कुरेर इमर्जेन्सी वार्डमा बसिरहेका थिए । विशेष अस्पतालमा बेड खाली नभएपछि उनीहरुको इमर्जेन्सीमै ज्यान गएको थियो ।

‘अक्सिजन नभई नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था आयो ।’ डा। गौतमले भने, ‘संक्रमितको अवस्था र गाम्भिर्यता हेरेर प्रतिक्षा सूचीमा राख्ने गराएका छौं ।’

आज मृत्युको संख्या थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २९९ पुगेको छ । अहिले पनि अस्पतालमा क्षमताभन्दा दोब्बर बिरामी राखेर उपचार गर्नुपरेको र छिनछिनमा हुने अक्सिजन अभावले समस्या परेको उनको भनाई छ ।

स्वास्थ कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले अब निजी अस्पतालमा व्यवस्था नगरे सरकारी अस्पतालले मात्र थेग्न नसक्ने बताए । अहिले पनि जिल्लामै छ हजार होम आइसोलेसनमा रहेकाले उनीहरू मध्ये धेरै गम्भीर अवस्थामा अस्पताल आउने गरेको गिरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर