बाबुरामको प्रस्ताव- सबै दलको सहभागितमा राष्ट्रिय सरकार, एक वर्षभित्र चुनाव – Nepal Press

बाबुरामको प्रस्ताव- सबै दलको सहभागितमा राष्ट्रिय सरकार, एक वर्षभित्र चुनाव

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधाको धारा ७६ को उपधारा २ बमोजिम नै सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेका छन् ।

विभिन्न नेताहरुसँगको भेट र छलफलपछि डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओली र अन्य पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

भट्टराईले बुधवार आफ्नो धारणा सार्वजनिक गर्दै देशको संकट हल गर्न यस्तो प्रस्ताव राखेका हुन् । उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति,साझा न्युनतम कार्यक्रमसहित एक वर्षभित्र चुनावमा जाने प्रस्ताव राखेका छन् ।

राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला जसपा एकजुट हुन सकेको छैन । भट्टराई ओलीको विस्थापनको पक्षमा रहे पनि महन्थ ठाकुर पक्ष मानेको छैन ।


प्रतिक्रिया

2 thoughts on “बाबुरामको प्रस्ताव- सबै दलको सहभागितमा राष्ट्रिय सरकार, एक वर्षभित्र चुनाव

  1. ओलीको विकल्प चाहिन्छ तर पुराना कुहिएका सडेका अनुहारहरु हेर्न कसैलाइ मन छैन । यी पटके अपराधीहरुलाइ नै दोहोर्याएर देश झन् बर्बाद मात्र हुन्छ । यसपटक दोस्रो पुस्ताका मान्छे ल्याउनु पर्छ । गगन, गोकर्ण, जनार्दन, योगेश जस्ता मान्छेहरुलाइ ल्याउनु पर्छ । देशप्रति साँच्चै इमान्दार हुने हो भने तपाइ जस्ता पहिलो पुस्ताले अब एउटा त्याग गर्नुस भिष्म पितामहले जस्तै कुनै पद नलिने प्रतिज्ञा गर्नुस ।

  2. बाबुरामको प्रस्ताव राम्रो छ। यस प्रस्तावका ४ फईदाहरू छन्:
    १ नयां पुस्ताको नेत्रीत्व प्रभावकारी र आशा राख्न सकिने हुन सक्छ
    २ नयां नेत्रीत्व सबैको लागि स्वीकार्य हुन सक्छ। पूर्वाग्रह रहित पनि हुन सक्छ।
    ३ दल प्रमुख र पूर्ब प्रधान मन्त्रीहरूको निर्देशक समितीले सही मार्ग निर्देश गर्न सक्ने, बहुदल र बहु विचारलाई एक ठाउमा ल्याउन सक्ने, कोभिड जस्ता साझा राष्ट्रीय सवालहरूलाई समयमा संबोधन गर्न सक्ने र
    ४ तुलनात्मक रूपमा निस्पक्ष चुनाव गराउन सक्छ।

Leave a Reply to अच्युत प्रसाद Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर