मातातीर्थ औंसीमा २१ जना असहाय महिलालाई मिठाई र सारी वितरण – Nepal Press

मातातीर्थ औंसीमा २१ जना असहाय महिलालाई मिठाई र सारी वितरण

सिरहा । सिरहामा २ जना समाजसेवीले २१ जना असहाय  महिलालाई सारी र मिठाइ वितरण गरेका छन् । समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा  उनीहरुलाई सारी र मिठाई वितरण गरेका छन् ।

लहान नगरपालिका भित्र रहेका असहाय, एकल महिला तथा सानो चिया पसल गरी जीविकोपार्जन गर्दै आएका महिलालाई  आमाको सम्मानस्वरुप प्रतिब्यक्ति १ थान सारी र मिठाई वितरण गरेका हुन् ।

चौधरी र कर्माचार्यले पछिल्लो समय समाजसेवाको काम गर्दै आएका छन् । श्रीमान र श्रीमतीले सहाराविहीनका सहारा बन्दै आएका हुन् । गत वर्षको लकडाउनमा समेत उनीहरुले असहायलाई सहयोग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर