कोरोनाले बुवाको मृत्यु, भेन्टिलेटर तोडफोड गर्दा दुई छोरा थुनामा – Nepal Press

कोरोनाले बुवाको मृत्यु, भेन्टिलेटर तोडफोड गर्दा दुई छोरा थुनामा

जनकपुरधाम । कोरोना शंकास्पद विरामीको उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले जनकपुरस्थित प्रादेशिक अस्पतालमा तोडफोड गरेका छन् । सास फेर्न गार्हो भएपछि अस्पतालको कोभिड वार्डमा महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षका शुखीचन महतो मंगलवार भर्ना भएका थिए । उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै विरामी महतोका छोराद्वय ३४ वर्षका मनोज र २७ वर्षका पप्पुले छोराले दुई भेन्टिलेटरको सिसा फुटाएको प्रहरीले जनाएको छ ।
अस्पतालमा होहल्ला गर्दै  अस्पतालका कर्मचारीमाथि हातपात गर्न खोज्दा उनी दुबै दाजु-भाईलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । उनले दुबै जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको पनि बताए ।
उनका अनुसार प्रादेशिक अस्पतालको कोभिड वार्डबाट चन्द्रकला अस्पताल जनकपुर लग्ने क्रममा महतोको मृत्यू भएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । महतोलाई भने सुरुमा जलेश्वर अस्पताल लगिएको थियो । तर त्यहां उपचार सम्भव नभएपछि प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।
प्रादेशिक अस्पतालले भर्ना लिएको र उपचारमा लापरबाही गरेकै कारण बुवा गुमाउनु परेको प्रहरी नियन्त्रणमा रहेका मृतकका छोराद्वयको आरोप छ । प्रादेशिक अस्पतालमाथि पटक पटक लापरबाहीको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *