सुदूरपश्चिममा एकै दिन ३१ संक्रमितको मृत्यु – Nepal Press

सुदूरपश्चिममा एकै दिन ३१ संक्रमितको मृत्यु

कैलाली । सुदूर पश्चिम प्रदेशमा मंगलबार एकै दिन ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी कंचनपुरमा  १६ जनाको मृत्यु भएको छ ।

यस्तै कैलालीमा १० जना, बझाङमा २ जना, अछाम बैतडी र डडेल्धुरामा १-१ जनाको मृत्यु भएको  प्रदेश स्वास्थ निर्देशनालय दिपायलले जनाएको हाे । यो संगै सुदूरपश्चिम प्रदेशमा काेराेनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५६ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घन्टामा मात्र ७ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा मंगलबार २ सय ८१ जना संक्रमण मुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *