निषेधाज्ञा उल्लंघन गर्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी छाडियो – Nepal Press

निषेधाज्ञा उल्लंघन गर्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी छाडियो

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी प्रहरीले सम्झाई बुझाई छाडाको छ । सो क्रममा १ हजार १ सय ७६ वटा गाडी र २ हजार ९ सय ७० वटा मोटरसाइकल गरी ४ हजार १ सय ४६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले कोरोनाको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७६ जनालाई निशुल्क मास्क वितरण गरेको छ ।

कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर