जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय – Nepal Press

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको हो ।

एयर बबल सुविधा अनुसार भारत र नेपालबीच सातामा दुईपटक हुने उडानबाहेक अन्य व्यवसायिक उडानमाथि लगाइएको रोक कायमै हुने विज्ञप्तीमा उल्लेख छ ।

अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि सरकारले बिमान कम्पनीहरुलाई आग्रह गरेको छ ।

मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलमा भारत बाहेकका अन्य देशमा गरिएको हवाई बन्दलाई निरन्तरता दिएको हो । यसअघि अन्तराष्ट्रिय उडान बैशाख ३१ गते मध्य रातसम्मका लागि बन्द गरिएको थियो ।

आन्तरिकतर्फ कति दिन बन्द गर्ने निर्णय भइनसकेको मन्त्रालयले जनाएको छ । आन्तरिकतर्फको बन्दलाई पनि लम्बाइने नै छ तर, मन्त्रालयले यसका लागि बुधबार मात्र निणर्य गर्ने मन्त्रालयको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *